दमाैली : व्यास नगरपालिकामा मात्रै शनिबार ३९ कोरोना सङ्क्रमित थपिएका छन् । गत वैशाख २६ गते ८३ जनाको स्वाब सङ्कलन गरी पठाइएकामा ३९ जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
वडा नं १ मा १२, वडा नं २ मा ७, वडा नं ३ मा ५, वडा नं ४ मा एक, वडा नं ८ घर भई हाल वडा नं ५ बस्ने एक, वडा नं १० मा ७, वडा नं १२ मा पाँच, वडा नं १३ मा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले सबै सङ्क्रमितको स्वास्थ्य लाभको कामना गरेको छ ।