५६० थान अस्किजन सिलिन्डर नेपाल आउँदै, कतारबाट जुट्यो ३३ लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ५६० थान अस्किजन सिलिन्डर नेपाल आउँदै, कतारबाट जुट्यो ३३ लाख

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०७८, शनिबार

    काठमाडौ: “नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं” भन्ने नारा सहित गैर आवासीय नेपाली सङ्घ, मध्यपूर्व संयोजन समितिद्वारा अभियान शुरु भएको छ । उक्त अभियानमा कतारबाट मात्र पछिल्लो तीन दिनमा १७८ थान सिलिण्डरको मूल्य बराबरको रकमर नगद प्रतिवद्वताको रकम २६ हजार २ सय ३५ कतारी रियाल गरी कुल १ लाख, ४ हजार, २ सय कतारी रियाल भन्दा बढी सङ्कलन भएको छ ।

    अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियानका मध्यपूर्व संयोजक समेत रहेका गैरआवासीय नेपाली सङ्घका सचिव आरके शर्माले दिनुभएको जानकारी अनुसार १ थान अक्सिजन सिलिन्डरको मूल्य नेपाल पुग्दासम्म १२० अमेरिकी डलर बराबर पर्नेछ । सोही अनुसार सहयोग जुटाउन अपिल गरे बमोजिम कतारबाट मात्र उक्त रकम सङ्कलन भएको हो।

    शुरुमा ६०० सिलिन्डर नेपाल पठाउने भनिएको भएपनि शनिबारको उडानबाट कुल ५६० थान सिलिन्डर नेपाल पुग्ने सचिव शर्माले जानकारी दिनुभयो । “हामीले आजको उडानबाट ५६० थान सिलिन्डर नेपाल पठाउँदै छौं, नेपालको समय अनुसार आज साँझ ०६:४० मा काठमाडौ अवतरण हुँदैछ।”

    गत बिहीबार गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारद्वारा भर्चुअल मार्फत आयोजना गरिएको ‘ईद मिलन’ कार्यकममा कतारमा स्थापित सङ्घ संस्थाहरुलाई एनसीसीका कतारका अध्यक्ष मुहम्मद मुक्तदा मुसलमान र आईसीसी सचिव आरके शर्माले सहयोग जुटाउन सामुहिक अपिल गर्नुभएको थियो ।

    हालसम्म करिब ५० भन्दा बढी सङ्घ संस्थाहरु, व्यवसायी, बुद्धिजीविको सहभागिताबाट उक्त सहयोग जुटेको र अझैं सहयोग जुट्ने क्रम जारी रहेको एनसीसी कतारका अध्यक्ष मुहम्मद मुक्तदा मुसलमानले जानकारी दिनुभयो ।