राष्ट्रिय युवा सङ्घ व्यासले दमौली अस्पतालको सिलिन्डर भरिदिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    राष्ट्रिय युवा सङ्घ व्यासले दमौली अस्पतालको सिलिन्डर भरिदिने

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०७८, शनिबार

    दमाैली : राष्ट्रिय युवा सङ्घ नेपाल व्यास नगर कमिटीले दमौली अस्पतालमा रहेका अक्सिजन सिलिन्डर भरिदिने भएको छ । सङ्घको ३१ औं स्थापना दिवसको अवसरमा दमौली अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न शनिबार आयोजित कार्यक्रममा सङ्घले उक्त प्रतिबद्धता जनाएको हो ।

    सङ्घले जेठ महिनाभरका लागि ४० वटा सिलिन्डर भरिदिने प्रतिबद्धता जनाएको नगर कमिटीका सहसंयोजक अजित पन्थले जानकारी दिनुभयो । कोरोना महामारीका बेला सामाजिक उत्तरदायित्व वहन गर्न सङ्घले अक्सिजन सिलिन्डर भरिदिन लागेको पन्थले बताउनुभयो ।

    साथै सङ्घले अस्पतालको आइसोलेशनका लागि पाँच वटा शय्या समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।