तनहुँ : नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमण फैलिएपछि सङ्क्रमित भएकामध्ये तनहुँमा ५८ जना निको भएका छन् । तनहुँमा शनिबारसम्म पाँच सय ३० जनामा कोरोना सङ्क्रमण भएकामा ५८ जना निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
भानुका एक, व्यासका १८, शुक्लागण्डकीका १६, भिमादका १४, म्याग्देका एक, घिरिङका पाँच, ऋषिङका एक, देवघाटका दुई सङ्क्रमित निको भएका छन् । जिल्लामा हाल चार सय ६१ सक्रिय सङ्क्रमित छन् । भानुमा १४, व्यासमा एक सय ७९, शुक्लागण्डकीमा एक सय २६, भिमादमा ७६, म्याग्देमा १८, घिरिङमा १३, ऋषिङमा चार, देवघाटमा १३, बन्दीपुरमा ११ र आँबुखैरेनीमा सात सक्रिय सङ्क्रमित छन् ।
यसअवधिमा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । भानुका एक, व्यासका तीन, शुक्लागण्डकीका चार, भिमादका दुई, म्याग्देका एक सङ्क्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।