तनहुँ : तनहुँको घिरिङ गाउँपालिकाका एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा घिरिङ गाउँपालिका-३ का ६४ वर्षीय पुरुष रहेका छन् ।
उहॉको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उहॉमा वैशाख २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
आज नै व्यास नगरपालिकामा पनि दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।