पेट्रोलियम पदार्थको मूल्य बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०७८, आईतवार

    काठमाडौं : कोरोना महामारीकाबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल/मट्टितेल तथा आन्तरिकतर्फकाे हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो । 

    मूल्य बढेसँगै अब उपभोक्ताले पेट्रोललाई १२३,  डिजेल/मट्टितेललाई १०६ र हवाई इन्धनलाई ७८ प्रतिलिटर तिर्नुपर्ने छ । 

    निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको जनाएको छ ।

    मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको दाबी गरिएको छ ।