पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य न्यौपानेद्वारा कल्याणकारी कोषमा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य न्यौपानेद्वारा कल्याणकारी कोषमा सहयोग

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०७८, सोमबार

    दमाैली : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा महासङ्घका पूर्व केन्द्रीय सदस्य प्रदीप न्यौपानेले सहयोग गर्नुभएको छ । व्यास नगरपालिका–१ निवासी न्यौपानेले कल्याणकारी कोषका लागि रु दुई हजार पाँच सय ११ सहयोग गर्नुभएको हो ।

    न्यौपानेले उक्त रकम सोमबार शाखाका अध्यक्ष उज्वल पौडेललाई हस्तान्तरण गर्नुभयो । लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील न्यौपानेले पत्रकारका पीडा आफूले बुझेका कारण कल्याणकारी कोषमा थोरै भएपनि सहयोग गरेको बताउनुभयो ।

    सञ्चार क्षेत्र र सञ्चारकर्मीको हितमा खर्च हुने कल्याणकारी कोष स्थापना गर्नु राम्रो काम भएको न्यौपानले बताउनु भयो । कोषमा रकम प्रदान गरेकामा शाखा अध्यक्ष पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।

    शाखाको जेठ १ गते बसेको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो । सोही बमोजिम कोषमा सहयोग गर्न सबैलाई अपिल गरिएको शाखाका उपाध्यक्ष डिपी अधिकारीले जानकारी दिनुभयो ।