समन्वय प्रमुख वाग्लेको नेतृत्वमा आइसोलेशन अनुगमन (फोटो/ भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    समन्वय प्रमुख वाग्लेको नेतृत्वमा आइसोलेशन अनुगमन (फोटो/ भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०७८, सोमबार

    तनहुँ : कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि तनहुँका स्थानीय तह आइसोलेशन निर्माणका लागि अग्रसर भएका छन् । सङ्क्रमितको उपचारका लागि जिल्लाका सबै स्थानीय तहले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार पारेका छन् ।

    पछिल्लो समय भानु नगरपालिकाले आइतबार मात्रै १७ शय्याको आइसोलेशन कक्ष तयार पारेको छ । भानु नगरपालिका–५ स्थित पुरनडिही नगर अस्पतालमा नगरपालिकाले आइसोलेशन कक्ष तयार गरेको हो ।

    नगरपालिकाले तयार पारेको आइसोलेशन कक्षको सोमबार जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा अनुगमन गरिएको छ । कोरोना रोकथाम र न्यूनीकरणका लागि जिल्लाका स्थानीय तहले गरिरहेको प्रयास उल्लेखनीय रहेको वाग्लेले बताउनुभयो । वाग्लेले भानुले तयार गरेको आइसोलेशन कक्ष सन्तोषजनक रहेको बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जिल्लाका सबै स्थानीय तह अग्रसर भएर लागिपरेको बताउनुभयो । उक्त अनुगमनमा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, प्रहरी उपरिक्षक अरुण पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारी लगायतको सहभागिता थियो ।

    आइसोलेशन कक्षमा शय्या थप गर्ने तयारी गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिनुभयो । अस्पतालमा अक्सिजनसहितको आइसोलेशन तयारी अवस्थामा राखिएको छ ।

    नगरपालिकामा हाल ८ जना सक्रिय सङ्क्रमित रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाले सबै वडामा कोरोना रोग सम्बन्धी परामर्शका लागि फोकल पर्सन तोकेको छ । वडा नं १ का लागि सन्तोष श्रेष्ठ, वडा नं २ का लागि निर्मला अधिकारी, वडा नं ३ का जितेन्द्र श्रेष्ठ, वडा नं ४ का लागि सोविता राना, वडा नं ५ का लागि डा. सुरज श्रेष्ठ र स्मृति भण्डारी, वडा नं ६ का लागि अन्जु रानाभाट, वडा नं ७ का लागि श्रीध्वज गुरुङ, वडा नं ८ का लागि सुवास देवकोटा, वडा नं ९ का लागि रश्मा पौडेल, वडा नं १० का लागि अञ्जना अधिकारी र पाण्डव ढकाल, वडा नं ११ का लागि देवीमाया गुरुङ, वडा नं १२ का सुमन थापा मगर र सुश्मा गिरी र वडा नं १३ का लागि रेवती सुनार फोकल पर्सन तोकिनुभएको छ ।