काठमाडाै : कोभिड १९ संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा र नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनको तथ्याकं आधारमा २१४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ९ हजार २४७ जनाको संक्रमणका कारण मृत्यु भएको छ। २१ हजार ६५३ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार १९८ जनामा संक्रमण देखिएको हो। यस्तै, ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
हाल देशभर संक्रमण मुक्त हुनेको दर ७४.४ रहेको छ। पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ७६७ जना संक्रमण मुक्त भएका छन्।