तनहुँ : तनहुँको व्यास नगरपालिका–६ शिसाघाट निवासी डा.अमर नागिला पोखरा विश्वविद्यालयको स्वास्थ्य तथा विज्ञान सङ्कायको डिनमा नियुक्त हुनु भएको छ ।
पोखरा विश्व विद्यालयको सोमबार बसेको कार्यकारी परिषद्ले डा. नागिलालाई डिनमा नियुक्त गरेको हो । डा. नागिलाले मङ्गलबारबाट कार्यभार सम्हाल्नु भएको छ ।
नागिलाले विगत लामो समयदेखि पोखरामा स्वास्थ्य विज्ञान सङ्कायमा प्राध्यापन गर्दै आउनुभएको छ । स्वास्थ्य विज्ञका रुपमा परिचित डा. नागिला हाल पोखरामा बस्नुहुन्छ । डेढ वर्ष भित्र १५० देखि २०० बेड क्षमताको पोखरा युनिभर्ससिटी शिक्षण अस्पताल सञ्चालनमा ल्याउने आफ्नो मूख्य कार्य योजना रहेको डिन डा. नागिलाले बताउनुभयो ।