तनहुँ : कोभिड सङ्क्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारी बाहेकका विकास निर्माणका कार्य केही समयका लागि स्थगित गर्न आदेश दिएको छ । मङ्गलबार आदेश जारी गर्दै प्रशासनले जेठ १५ गतेसम्म निर्माण सम्बन्धी कार्य रोक्न भनेको हो ।
सरकारीतर्फबाट सञ्चालित योजना तथा आयोजना भने सञ्चालन हुनेछन् । जेठ १५ गतेसम्म निषेधाज्ञा जारी भएकाले सोही समयसम्मका लागि निर्माण कार्य रोकिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।