पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश मन्त्रिपरिषद्मा हेरफेर गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले मन्त्रिमण्डल विस्तार गरैर पुरानै अनुहार दोहोर्याउनुभएको छ ।
पुनर्नियुक्त भएकामध्ये किरण गुरुङले आर्थिक तथा मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । पुनर्नियुक्त भएका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पनि जिम्मेवारी पाउनुभएको छ ।
कसलाई कुन मन्त्रालय ?
बुधबार विस्तार भएको मन्त्रिमण्डलमा मन्त्रीहरुको कार्यविभाजन गरिएको छ। जसअनुसार किरण गुरुङ अर्थ, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामशरण बस्नेत भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था र ऊर्जा जलस्रोत तथा खानेपानी कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
त्यस्तै, नरदेवी पुनमगरले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, विकास लम्सालले पर्यटन, उद्योग, वाणिज्य आपूर्ति, वन वातावण तथा भू–संरक्षण मन्त्रालय पाएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा राजीव गुरुङ (दीपक मनाङे) नै दोहोरिनुभएको छ ।