तनहुँ : लमजुङ केन्द्रविन्दु भई बुधबार बिहानैदेखि भूकम्प र पराकम्पन गइरहेको छ । बिहानदेखि राति अबेरसम्म लमजुङमा ६० पटक भन्दा बढी भूकम्पको धक्का महशुस भएको हो ।
पछिल्लो पटक राति १०ः३९ मा लमजुङको हिलेटक्सार केन्द्रविन्दु भई ४.५ रिक्टर म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रका विज्ञ लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पको धक्का तनहुँमा समेत महशुस गरिएको छ ।