सङ्कलित नमूनाको ८७ प्रतिशतमा कोरोना (विवरण सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सङ्कलित नमूनाको ८७ प्रतिशतमा कोरोना (विवरण सहित)

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०७८, बिहीबार

    तनहुँ : तनहुँमा पिसिआर परीक्षणका लागि सङ्कलन गरिएको नमूनामध्ये ८७ प्रतिशतमा कोरोना पुष्टि भएको छ । जिल्लाका दशवटै स्थानीय तहमा पिसिआर परीक्षणका लागि सङ्कलन गरिएको नमूनामध्ये ८७ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    दोस्रो भेरियन्ट सहितको कोरोना सङ्क्रमण फैलिएपछि जिल्लामा पिसिआर परीक्षणका लागि ८ सय ४७ र एन्टिजेनका लागि एक सय २६ जनाको नमूना सङ्कलन गरिएकामा ८ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । त्यसमध्ये ९६ जना निको भएका छन् भने जिल्लामा हाल ७ सय ३२ सक्रिय सङ्क्रमित रहेका छन् ।

    सक्रिय सङ्क्रमितमध्ये ७ सय एक जना होम आइसोलेशनमा छन् भने ३२ जनाको आइसोलेशनमा उपचार भइरहेको छ । दोस्रो भेरियन्ट सहितको कोरोना सङ्क्रमण फैलिएपछि वैशाख १ गते यता जिल्लाका २३ जनाको मृत्यु भएको छ । जिल्लामा पछिल्लो समय विवाह र भोजभतेरले सङ्क्रमण फैलाएको अनुमान छ ।