जो ३० वर्षपछि घर फर्किए…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जो ३० वर्षपछि घर फर्किए…

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०७८, बिहीबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी बागेका लोकबहादुर गुरुङ १२ वर्षको हुँदा घर छाडेर हिँड्नुभयो । घर छाडेर हिँडेपछि परिवारले उहाँको खोजी समेत गरे । केही समय खोज्दा पनि उहाँ फेला पर्न सक्नुभएन ।

    ४२ वर्षको उमेर पुग्नुभएका गुरुङ पछिल्लो समय काठमाडौमा बसोबास गर्दै आउनुभएको थियो । काठमाडौस्थित एक गलैचा उद्योगमा काम गर्दै आउनुभएका उहाँ कोरोना कहरका कारण निषेधाज्ञा भएपछि बेरोजगार हुनुभयो । मानसिक सन्तुलन कमजोर रहनुभएका उहाँ सडकमा वेवारिसे अवस्थामा बसोबास गर्नुहुन्थो । कमलपोखरीस्थित सडकछेउमा बोराले बारेर घरजस्तो बनाई बस्नुभएका गुरुङको बारेमा अनसुन लोहनीले उहाँको बारेमा सोधीखोजी गर्नुभयो ।

    त्यसक्रममा गुरुङले आफ्नो घर डुम्रे हो भनेर भन्नुभयो । लगत्तै लोहनीले सामाजिक सञ्जाल फेसबुकमा उहाँको तस्वीर राखेर उहाँको परिवार खोज्ने काम गर्नुभयो । सोही अभियानलाई साथ दिँदै भानुका सञ्चारकर्मी मनोजकुमार श्रेष्ठले पनि गुरुङको तस्वीरसहितको विवरण पोष्ट गर्नुभयो । सामाजिक सञ्जालमा पोष्ट गरेको केही घण्टामै उहाँको परिवारको बारेमा पत्ता लाग्यो । “लकडाउनले गर्दा सडकछेउमा वेवारिसे अवस्थामा देखेपछि उहाँको बारेमा चासो बढ्यो, सामाजिक सञ्जालमा फोटो हाल्यौ, लगत्तै परिवारको पत्ता लाग्यो,” श्रेष्ठले भन्नुभयो ।

    परिवार पहिचान भएपछि लोहनीकै सहयोगमा गुरुङलाई बुधबार घर ल्याइएको छ । गुरुङलाई बुधबार नै बन्दीपुर गाउँपालिकाको जिम्मामा घर पु¥याइएको हो । उहाँलाई बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङको जिम्मा लगाइएकामा बन्दीपुरले गाउँपालिकाकै गाडीमा निजलाई घरसम्म लैजाने व्यवस्था मिलाएको थियो ।

    गाउँपालिकाका उपाध्यक्ष गुरुङका अनुसार ती व्यक्तिले आफ्नो बाबुआमाको नाम समेत भनेका थिए । “यत्रो वर्षसम्म किन घर फर्केर नआएको त भनेर सोधेका थियौ, तर फर्किएर आउन जानिन भन्नुभयो,” गुरुङले भन्नुभयो, “उहाँलाई बुधबार नै परिवारको जिम्मा लगाएका छौ ।” ती व्यक्तिका बुबाआमाको मृत्यु भइसकेको छ । हाल दाजुभाउजु छन् ।

    तस्वीर : मनाेजकुमार श्रेष्ठ