दमाैली : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि डुम्रेका व्यवसायी नेक महम्मद मियाँले सहयोग गर्नुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रेका निवर्तमान सभापति मियाँले कल्याणकारी कोषका लागि रु पाँच हजार एक सय प्रदान गर्नुभएको छ ।
पत्रकारको हितका लागि स्थापना गरिएको कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको मियाँले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले कल्याणकारी कोषका लागि सहयोग गरेकामा मियाँप्रति आभार व्यक्त गर्नुभयो ।
शाखाको जेठ १ गते बसेको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो । सोही बमोजिम कोषमा सहयोग गर्न सबैलाई अपिल गरिएको शाखाका अध्यक्ष उज्वल पौडेलले बताउनुभयो ।