सांसद श्रेष्ठद्वारा तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सांसद श्रेष्ठद्वारा तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०७८, बिहीबार

    तनहुँ : तनहुँको तीन वटा अस्पताललाई प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ । सांसद श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका तीन वटा अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको हो ।

    भानुस्थित पुरनडिही अस्पताल, बन्दीपुरस्थित बन्दीपुर अस्पताल र व्यासस्थित दमौली अस्पताललाई सांसद श्रेष्ठले बिहीबार पाँच/पाँच अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्वास्थ्य विभागबाट माग गरेर ल्याइएका सिलिन्डर सम्बन्धित अस्पताललाई हस्तान्तरण गरिएको सांसद श्रेष्ठले जानकारी दिनुभयो । आफू पनि कोरोना सङ्क्रमित भएको अनुभव सुनाउँदै सांसद श्रेष्ठले कोरोना सङ्क्रमितले उच्च आत्मबल बनाउनुपर्ने बताउनुभयो । अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नहुने सांसद श्रेष्ठको भनाई थियो ।

    दमौली अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले सांसद श्रेष्ठको पहलमा प्राप्त भएका अक्सिजन सिलिन्डरले कोरोना सङ्क्रमितको उपचारका लागि सहयोग पुग्ने बताउनुभयो ।

    पुरनडिही अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका डा. सुरज श्रेष्ठ, भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे, बन्दीपुर अस्पतालमा अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङ, डा. मनिष श्रेष्ठ लगायतको सहभागिता थियो ।