९१ वर्षीया उपमेयर कार्की कोरोनामुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ९१ वर्षीया उपमेयर कार्की कोरोनामुक्त

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०७८, बिहीबार

    वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाकी उप-मेयर ९१ वर्षीया शान्ति कार्की कोरोनामुक्त हुनु भएको छ ।

    वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको कोभिड– १९ अस्पतालको पहिलो बिरामीको रुपमा भर्ना हुनु भएकी उप-मेयर कार्की कोरोना नेगेटिभ भएपछि घर फर्किनु भएको हो ।

    चिकित्सकहरुको मेहनत तथा उच्च मनोबलका कारण कोरोनालाई परास्त गर्नु भएको भन्दै महानगरपालिका प्रमुख विजय सरावगीले कार्कीलाई सकुशल अस्पतालबाट बिदाइ गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।