विपन्न परिवारलाई विवेकशील साझाको खाद्यान्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    विपन्न परिवारलाई विवेकशील साझाको खाद्यान्न

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : विवेकशील साझा पार्टी तनहुँ र व्यास नगर समितिले निषेधाज्ञाबाट प्रभावित अति विपन्न, श्रमिक, मजदुर, अपाङ्गता भएका तथा अति अशक्त नागरिकलाई खाद्यान्न वितरण गर्ने अभियान जारी राखेको छ ।

    “रोग र भोकसँग विवेकशील साझा” भन्ने मूल मन्त्र सहित विवेकशीलले उक्त अभियान सञ्चालन गरेको हो । सोही बमोजिम शनिबार व्यास- ४ स्थित दुई परिवारलाई खाद्यान्न सहयोग गरिएको पार्टीका जिल्ला संयोजक सागर घिमिरेले जानकारी दिनुभयो ।

    यसका लागि तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईका सदस्य सलिम मियॉले केही खाद्यान्न सामग्री सहयोग प्रदान गर्नुभएको थियो ।

    यस अभियानमा खाद्यान्न वा नगद सहयोग गर्न चाहनेले (9856063910 / 9826190500) मा सम्पर्क गर्न पार्टीले आग्रह गरेको छ।