थर्पु इकाईद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    थर्पु इकाईद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घ थर्पु बजार इकाईले थर्पु प्रहरी चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड रोकथाम र नियन्त्रणका लागि अग्रभागमा रहेर खटिएका प्रहरीलाई इकाईले शनिबार स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

    इकाई सभापति भिमलाल श्रेष्ठले दुई सय ५० थान मास्क, पाँच लिटर स्यानीटाइजर, १३ थान फेसशिल्ड र एक प्याकेट ग्लोब्स प्रदान गरिएको जानकारी दिनुभयो । नेपाली जनताको शान्ति सुरक्षाका लागि अग्रपङ्क्तिमा खनिे सुरक्षाकर्मीलाई हौसला प्रदान गर्न स्वास्थ्य सामग्री प्रदान गरिएको श्रेष्ठले बताउनुभयो ।

    तनहुँ उद्योग वाणिज्य सङ्घ कोभिड सङ्कट व्यवस्थापन महाअभियान २०७८ अन्तर्गत पहिलो चरणको सहयोग इकाईले गरेको हो । थर्पु प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कृष्ण बानियाँले स्वास्थ्य सामग्रीले प्रहरीलाई कार्यक्षेत्रमा खटिन हौसला मिल्ने बताउनुभयो ।

    कार्यक्रममा इकाई उपसभापति शेषकान्त घिमिरे, सचिव सुन्दरमणि अधिकारी, कोषाध्यक्ष खमबहादुर नेपाली लगायत सहभागी हुुनुहुन्थ्यो ।