पिसिआर परीक्षणको ल्याव निर्माण गर्न जनस्तरबाट सहयोग जुट्न शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पिसिआर परीक्षणको ल्याव निर्माण गर्न जनस्तरबाट सहयोग जुट्न शुरु

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०७८, आईतवार

    दमाैली : कोरोना सङ्क्रमण दिनप्रतिदिन बढ्दै जाँदा सङ्कलन गरिएका स्वाबको रिपोर्ट आउनै एक हप्ता भन्दा बढी लाग्न थाल्यो । व्यासले स्वाब सङ्कलन गरी पठाएका रिपोर्ट ढिला आउन थालेपछि कोरोना सङ्क्रमण झनै फैलिने त्रास बढ्यो ।

    रिपोर्ट ढिलाई आउन थालेपछि नगरपालिका आफैले पिसिआर परीक्षण थाल्ने तयारी गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा केही दिन पहिला बसेको विभिन्न पालिकाका प्रमुखहरुको बैठकले व्यास–१० दुम्सीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा ल्याव सञ्चालन गर्ने निर्णय गरेको छ ।

    नगरपालिकाले पिसिआर परीक्षण प्रयोगशालाका लागि सहयोग गर्न आव्हान गरेसँगै जनस्तरबाट सहयोग जुट्न शुरु भएको छ । जसबमोजिम व्यास–४ स्थित सिर्जनशील दिदीबहिनी समूहले व्यास नगरपालिकालाई रु ५० हजार पाँच हस्तान्तरण गरेको छ । समूहका पदाधिकारीले आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

    नगरपालिकाले यो कार्यमा सहयोग गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकार र सबै तहका जनप्रतिनिधि, सामाजिक सङ्घ संस्थाहरुका साथै सरकारी एवं गैह्र सरकारी सङ्घ संस्थाहरुसँग सहयोगका लागि अनुरोध गरेको छ ।