पोखरा : संसद विघटनको विरोधमा नेविसंध कास्की क्षेत्र नम्बर १ ले विरोध प्रदर्शन गरेको छ । लेखनाथको मुख्य बजारहरुमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला उल्टो झुण्डाएर उनीहरुले विरोध गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ कास्की क्षेत्र नम्बर १ का सभापति सागर रानाभाटले प्रधानमन्त्री र राष्ट्रपतिले देशको लोकतन्त्र सिध्याउने र देशलाई दुर्घटनातर्फ लैजान खोजिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयका नेताहरु निरोज लामिछाने राजीव भण्डारी अनिश बस्नेत का साथै नेपाल विद्यार्थी संघ पि एन क्याम्पस का नेता बिपिन नेपालीको उपस्थिति रहेको थियो ।