व्यासको निर्णय : मूल्याङ्कनबाट नतिजा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासको निर्णय : मूल्याङ्कनबाट नतिजा

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०७८, सोमबार

    तनहुँ : कोरोना कहरका कारण यस वर्षको परीक्षा सञ्चालन हुन नसकेपछि व्यास नगरपालिकाले मूल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्ने भएको छ । शैक्षिक शत्र २०७७ को वार्षिक परीक्षा सञ्चालन हुन नसकेपछि नगरपालिकाले मूल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्न लागेको हो ।

    विद्यालयमा उपस्थित भई परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले अघिल्ला चरणहरुमा सञ्चालन गरिएका प्रथम र द्वितीय त्रैमासिक मूल्याङ्कनबाट क्रमशः २० प्रतिशत र ६० प्रतिशत अङ्कलाई आधार मानी बाँकी २० प्रतिशतको अङ्कका लागि प्रत्यक्ष भौतिक उपस्थिति बाहेकका वैकल्पिक परीक्षाका माध्यमबाट १० प्रतिशत र विद्यार्थीका निरन्तर मूल्याङ्कनका विविध अभिलेखहरुबाट १० प्रतिशत गरी कूल एक सय प्रतिशत अङ्कका आधारमा वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिने शिक्षा अधिकारी उपसचिव नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार वार्षिक परीक्षा र नतिजा प्रकाशन गर्दा जेठ १४ गतेसम्म विद्यालयले भौतिक उपस्थिति बाहेकको वैकल्पिक मूल्याङ्कनको आन्तरिक तयारी गरी विद्यार्थीलाई जानकारी गराउने र जेठ १५ गतेदेखि २५ गतेसम्मका परीक्षाका विधिहरु अवलम्बन गर्ने निर्णय गरिएको छ ।

    विद्यार्थीहरुको मूल्याङ्कन अभिलेखको आधारमा जेठ २८ गते सबै विद्यालयले कक्षा ८ बाहेक बालविकासदेखि ९ सम्मको नतिजा विद्यालय प्रशासनबाट प्रमाणित गरी सार्वजनिकीकरण गर्ने र विद्यार्थी तथा अभिभावकलाई सामाजिक सञ्जाल तथा टेलिफोन मार्फत् नतिजा जानकारी गराउनेछन् ।

    नगरपालिकाले शैक्षिक शत्र २०७८ को लागि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान कार्यक्रम असार १ गतेदेखि शिक्षक, विद्यार्थी र अभिभावकको प्रत्यक्ष भौतिक उपस्थिति बिना विविध वैकल्पिक माध्यमको प्रयोग गरी सञ्चालन गर्ने रेग्मीले जानकारी दिनुभयो ।