तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घ थर्पु बजार इकाईले थर्पु स्वाथ्य चौकी तथा थर्पु आधारभूत अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । इकाईले पॉच सय थान मास्क, ६ लिटर स्यानीटाइजर, १५ थान फेससिल्ड, दुई प्याक ग्लोब्स, एक थान पिपिई हस्तान्तरण गरेको हो ।
इकाई सभापति भिमलाल श्रेष्ठले स्वास्थ्यचौकी प्रमुख सूर्यकुमार श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको छ ।
कोभिड नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न सामग्री सहयोग गरिएको श्रेष्ठले बताउनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घ कोभिड संकट व्यवस्थापन महाअभियान-२०७८ मार्फत् इकाईले उक्त सहयोग गरेको हो ।