तनहुँमा ५४ सहित गण्डकीमा थपिए ८०८ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तनहुँमा ५४ सहित गण्डकीमा थपिए ८०८ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०७८, शुक्रबार

    पाेखरा : तनहुँमा ५४ सहित गण्डकी प्रदेशमा शुक्रबार आठ सय ८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार तीन सय ५८ महिला र चार सय ५० पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । तनहुँमा २२ महिला र ३२ पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    प्रदेशमा सबैभन्दा बढी कास्कीमा दुई सय ९ सङ्क्रमित थपिएका छन् । बागलुङका एक सय ३२, नवलपुरमा एक सय ३४, स्याङ्जामा ५१, लमजुङमा चार, गोरखामा ७७, पर्वतमा एक सय ३३, म्याग्दीमा १२, मनाङ र मुस्ताङमा एक÷एक सङ्क्रमित थपिएका छन् ।

    No photo description available.

    त्यस्तै ३० सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा गण्डकीमा ७ सय ७० जना निको भएका छन् । एक हजार ४ सय ९० परीक्षण गरिएकामा ६ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।