बार्सिलोनासँग जोडिए अगुएरो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोनासँग जोडिए अगुएरो

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०७८, सोमबार

    एजेन्सी : स्पेनिस क्लब बार्सिलोनाले अर्जेन्टिनी तथा म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुईरोलाई क्लबमा अनुबन्धित गरेको छ। सिजनको अन्त्यसँगै सिटीसँगको सम्झौता सकिएको अगुएरोलाई बार्सिलोनाले सोमबार क्लब भित्र्याएको हो।

    ३२ वर्षीय अगुएरोलाई बार्सिलोनाले फ्री-ट्रान्स्फरमा अनुबन्ध गरेको हो। अगुएरोको मेडिकल चेकअप आइतबार बार्सिलोनामा गरिएको थियो। बार्सिलोनासँग दुई-वर्षे सम्झौता गरेका अगुएरो २०२३ सम्म बार्सिलोनामा रहनेछन्।