उद्योग वाणिज्य सङ्घले दियो म्याग्देलाई दुई थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    उद्योग वाणिज्य सङ्घले दियो म्याग्देलाई दुई थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०७८, शुक्रबार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले म्याग्दे गाउँपालिकालाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान २०७८ मार्फत् गाउँपालिकालाई दुई थान अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

    गाउँपालिकामा शुक्रबार सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायत पदाधिकारीले गाउँपालिकाका अध्यक्ष मायादेवी रानालाई उक्त सामग्री प्रदान गर्नुभएको छ । सङ्घले मास्क, स्यानीटाइजर, फेशसिल्ड, डस्टविन, पिपिई लगायतका सामग्री सहयोग गरेको सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

    सङ्घले जिल्लाका विभिन्न पालिका र अस्पताललाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री वितरण गरिरहेको छ । यसअघि दमौली अस्पताललाई ६ थान अक्सिजन सिलिन्डर, बन्दीपुर अस्पताललाई तीन थान, आँबुखैरेनी स्वास्थ्यचौकीलाई तीन थान र पुरनडिही अस्पताललाई तीन थान अक्सिजन सिलिन्डर सहयोग गरिएको श्रेष्ठले बताउनुभयो ।

    म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले कोभिड नियन्त्रणका लागि निजी क्षेत्रबाट गरिएको सहयोग उल्लेखनीय रहेको बताउँदै सबैको सामूहिक प्रयासले यसलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सामग्री सहयोग गरेकामा सङ्घप्रति आभार व्यक्त गर्नुभयो ।