विश्व वातावरण दिवस : हरियाली उद्यानमा रोपियो एक सय बिरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    विश्व वातावरण दिवस : हरियाली उद्यानमा रोपियो एक सय बिरुवा

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०७८, शनिबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको हरियाली उद्यानभित्र विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । विश्व वातावरण दिवसको अवसरमा शनिबार सामुदायिक वनभित्र निर्मित हरियाली उद्यानमा वृक्षारोपण गरिएको हो ।

    डिभिजन वन कार्यालय तनहुँको आयोजनामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे लगायत जनप्रतिनिधि सहभागी भएर वृक्षारोपण गर्नुभएको छ ।

    May be an image of 1 person and outdoors

    सो क्रममा विभिन्न प्रजातिका एक सय बिरुवा रोपिएको सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । हरियाली उद्यानलाई आकर्षित र पर्यटकीय स्थान बनाउने उद्देश्य सहित वृक्षारोपण गरिएको रानाभाटले बताउनुभयो ।

    May be an image of 2 people, including Maya Rana, people standing and outdoors

    उक्त सामुदायिक वनभित्र हरियाली उद्यान सहित ट्रि हाउस निर्माण गरिएको छ । रुखमाथि बनेको घरले सर्वसाधारण आकर्षित गरेको छ । गत फागुनदेखि ‘ट्रि हाउस’ निर्माण शुरु भएको थियो । उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको थियो भने सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ ।

    पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीय स्थल बनाउने उद्देश्य बमोजिम उद्यानका साथै रुखमा घर बनाइएको हो । रुखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ । “दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ, पाँच÷सात जना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ,” रानाभाटले भन्नुभयो ।