युनियनले भुक्तानी गर्याे मृत्यु दावी बापत रु ५२ लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    युनियनले भुक्तानी गर्याे मृत्यु दावी बापत रु ५२ लाख

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०७८, मंगलवार


    पोखरा : युनियन लाइफ इन्स्याेरेन्स कम्पनीले मृत्यु दावी बापत बीमितकाे परिवारलाई रु ५२ लाख भुक्तानी गरेकाे छ । कम्पनीले पाेखरा-१५ का देवराज न्याैपानेकाे परिवारलाई मृत्यु दावी बापतकाे रकम भुक्तानी गरेकाे हाे ।

    कम्पनीको गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, उपप्रमुख गणेश धमला लगायतको टोलीले मृतक बीमितकाे घरमा पुगेर मङ्गलबार बीमितका श्रीमती शाेभा तिम्लसेना न्याैपानेलाई उक्त रकम हस्तान्तरण गरेकाे हाे । पोखरा नेटका सञ्चालक न्यौपानेले १४ महिना अगाडी रु ५० लाखकाे जीवन बीमा गर्दा रु तीन लाख ६० हजार जम्मा गर्नुभएकाे थियाे । न्याैपानेकाे गत चैत ३१ गते निधन भएकाे थियाे ।

    चेक ग्रहण गर्दै हकवला न्यौपानेले बीमा गरे पनि बीमा कम्पनीले दिने सेवा सुविधाप्रति आफू यसअघि विश्वस्त नभएको र कम्पनीले घरमै आएर सो रकम प्रदान गरेकामा धन्यवाद दिँदै रकमकाे सही सदुपयाेग गर्ने बताउनुभयाे । कम्पनीका गण्डकी प्रदेश प्रमुख आचार्यले बीमा सुुखदुखको साथी भएको बताउँदै भाैतिक शरीरकाे अनुपस्थितिमा हुने आर्थिक क्षतिलाई बीमाले न्यूनीकरण गर्न सक्ने बताउनुभयाे ।

    विश्वभर कोभिड १९ महामारीको रुपमा फैलिरहेको विषम परिस्थतिमा पनि बीमा कम्पनीले आफ्नो दैनिकीलाई यथावत राख्दै सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गरिरहेका छन् । वर्तमान समय परिस्थति प्रतिकुल रहँदारहँदै पनि सीमित श्रोत , साधन र जनशक्ति परिचालन गरी बीमा कम्पनीहरुले आफ्नो सेवालाई चुस्त दुरुस्त राख्दै आएका छन् ।

    नेपालको बीमा बजारमा बीमा कम्पनीहरुप्रति अझै नकारात्मक टिकाटिप्पणी र अविश्वास गर्ने प्रचलन यथावत नै छ तर त्यस्ता कुराहरुलाई चिर्दै युनियन लाइफ अगाडी बढरहेकाे छ । समयमै सेवाग्राहीलाई दिनुपर्ने सेवा सुविधा प्रदान गरी छोटो समयमा नै नेपालको बीमा बजारमा आफ्नो ख्याति कमाउन सफल यस कम्पनीले सरकारले जारी गरको निषेधाज्ञाको बीचमा पनि सेवाग्राहीलाई सेवा प्रदान गरिरहेकाे छ ।