पाेखरा : गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले एन्टिजेनबाट कोरोना पोजेटिभ आएकाहरुलाई पनि कोरोना बीमा भुक्तानीका लागि सहजीकरण गरिदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ ।
कोरोना सङ्क्रमण भई कोरोना बीमा दावी गर्दा एन्टिजेन रिपोर्टलाई बीमा कम्पनीले मान्यता नदिएको गुनासो आएपछि स्वास्थ्य निर्देशनालयले बीमा कम्पनीहरुलाई परिपत्र वा सोही अनुसारको निर्णय गरिदिन माग गर्दै पत्र पठाएको छ ।
सरकारले कोभिड–१९ एन्टिजेन परीपणको पोजेटिभ रिपोर्टलाई कोरोना मानी सोही अनुसार आएमयु सिष्टममा प्रतिवेदन समेत गर्ने गरेको र लक्षण तथा चिन्हका आधारमा उपचार व्यवस्थापन गर्ने गरेको हुँदा एन्टिजेन परीक्षणमा पोजेटिभ आएमा पिसिआर परीक्षण गरिरहनुपर्ने जनाएको छ । बीमा कम्पनीहरुले एन्टिजेन पोजेटिभ रिपोर्टलाई मान्यता नदिई कोरोना बीमा भुक्तानी गर्न आनाकानी गरेको सर्वसाधारणको गुनासो छ ।