रगत अभाव भएपछि दमौलीमा रक्तदान हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रगत अभाव भएपछि दमौलीमा रक्तदान हुँदै

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०७८, शुक्रबार

    दमाैली : कोरोना कहर र निषेधाज्ञाका कारण रक्तदानका कार्यक्रम ठप्प छ । यसअघि नियमित रुपमा रक्तदान हुँदै आएपनि कोरोना कहरले रक्तदानका कार्यक्रम रोकिएका छन् ।

    रक्तदान नहुँदा दमौली अस्पतालमा रगत अभाव भएको छ । रगत अभाव भएपछि डायलासिस लगायतका बिरामीलाई समस्या भएको छ ।

    रगतको अभाव पूर्ति गर्न दमौलीका युवा रक्तदानमा जुटेका छन् । लायन्स क्लब अफ तनहुँ र लियो क्लब अफ दमौली तनहुँले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेर रगत सङ्कलन गर्ने भएका छ्न । जिल्ला अस्पताल रक्तसन्चार केन्द्रको प्राविधिक सहयोगमा अनसनचौतारीमा बिहान ७ बजे रक्तदान गर्न लागिएको लियो क्लव अफले जनाएको छ ।