पोखरा : गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखकहाँ दाबी पेस गर्नुभएकाे छ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तथा एकजना स्वतन्त्र सांसदको हस्ताक्षरसहित उनी प्रदेश प्रमुखकहाँ पुग्नुभएकाे हाे ।
पोखरेलले जनमार्चाका २, जसपाका २, माओवादीका ११, कांग्रेसका १५ र एक स्वतन्त्रको समर्थन आफूलाई रहेको दाबीसहित मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न दाबी पेस गर्नुभएकाे हाे । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन्। पोखरेललाई मुख्यमन्त्री बनाउने दाबीमा जनमोर्चाका सांसद कृष्ण थापा भने सहभागी हुनुहुन्न ।