गाेरु काटेकाे अभियाेगमा बागलुङमा १० पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गाेरु काटेकाे अभियाेगमा बागलुङमा १० पक्राउ

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०७८, शनिबार

    बागलुङ : गाेरु काटेकाे अभियाेगमा बागलुङकाे गलकाेटबाट दश जना पक्राउ परेका छन् । बागलुङ गल्कोट नगरपालिका-११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटी मासु खाएको अभियाेगमा प्रहरीले दश जनालाई पक्राउ गरेकाे हाे ।

    पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रनाउ श्यामु अर्यालले जानकारी दिनुभयाे ।

    पक्राउ पर्नेमा वर्ष ३१ को बिष्णु श्रीष, ३६ को लाल बहादुर श्रीष, ३२ को मोहन श्रीष, ३८ को तुल बहादुर श्रीष, ३० को यम बहादुर श्रीष, ३५ को टंक सुनार, २६ को मनोज श्रीष, ४१ को झम काउचा, २८ को बल बहादुर बि.क र ४४ को वेल बहादुर श्रीष रहेकाे प्रहरीले जनाएकाे छ ।