दमौली : लायन्स क्लव अफ तनहुँ व्यास सिटीले कोभिड-१९ सङ्क्रमित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना कहर र निषेधाज्ञाका कारण समस्यामा परेकालाई सघाउन स्थापना गरिएको फूड बैङ्कमार्फत क्लवले कोरोना सङ्क्रमित परिवारलाई शनिबार खाद्यान्न वितरण गरेको हो ।
व्यास-१३ बेनीकोटस्थित ८ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको क्लवका अध्यक्ष कुमार मल्लले जानकारी दिनुभयो । उहॉका अनुसार वडासदस्य एकराज तिवारीको रोहवरमा खाद्यान्न वितरण गरिएको छ ।
“जानकारीमा आएका सबैलाई खाद्यान्न सहयोग गरेका छौ, यो अभियानमार्फत् एक सय ४५ भन्दा बढी घरले राहत पाउनुभएको छ,” मल्लले भन्नुभयो ।
क्लवले शनिबार व्यास-२ र ४ का थप तीन परिवारलाई पनि खाद्यान्न वितरण गरेको छ।
क्लवले प्रति परिवारलाई एक हप्ताका लागि पुग्ने खाद्यान्न सहयोग गर्ने गरेको छ । क्लवको अभियानमा दमौलीकै व्यक्तिहरुले सघाइरहेका छन् ।