दमाैली : तनहुँको व्यास नगरपालिकालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट आठ थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री प्राप्त भएको छ । कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउन मन्त्रालयले नगरपालिकालाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
नगरपालिकाका अनुसार एक थान अक्सिजन कन्सनट्रेटर, पिपिई, अक्सिमिटर, मास्क, फेसशिल्ड लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ । उक्त सामग्री व्यास नगरपालिका–८ का युवा अभियान्ता अमर सोतीले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गर्नुभएको छ ।