म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकालाई २३ हजार थान मास्क सहयोग गरिएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल मास्क अभियान अन्तर्गत गाउँपालिकालाई आइतबार २३ हजार थान मास्क प्रदान गर्नुभएको हो ।
म्याग्दे काठमाडौ सम्पर्क समाजको सहयोगमा काङ्ग्रेस केन्द्रीय सदस्य पौडेलले गाउँपालिकाका अध्यक्ष मायादेवी रानालाई मास्क हस्तान्तरण गर्नुभयो । कोरोना नियन्त्रणका लागि मास्क अनिवार्य रहेको बताउँदै केन्द्रीय सदस्य पौडेलले जिल्लामा मास्क अभियान सञ्चालन गर्नुभएको छ । जिल्लाका हरेक नागरिकलाई मास्क उपलब्ध गराउने आफ्नो अभियान रहेको पौडेलले बताउनुभयो ।