म्याग्देलाई युवा समितिको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देलाई युवा समितिको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०७८, आईतवार

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला युवा समिति तनहुँकी अध्यक्ष रिता ढकालको पहलमा गाउँपालिकालाई स्वास्थ्य विभागसँगको सहकार्यमा कोभिड विरुद्धका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

    गाउँपालिकालाई पाँच सय थान भिटिएम, पाँच थान डिजिटल थर्ममिटर, ५० थान एन्टिजेन किट, दुई थान अक्सिमिटर, एक थान इन्फारेड थर्मोमिटर हस्तान्तरण गरिएको छ ।

    म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानालाई आइतबार उक्त सामग्री हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, तनहुँका युवा समाजसेवी अमरराज सोती, नेपाल स्काउट म्याग्दे गाउँपालिकाका संयोजक रमिन घिमिरे, युवा व्यवसायी इन्जिनियर विवेक पौडेल लगायत सहभागी हुनुहुन्थ्यो ।

    स्वास्थ्य सामग्री बुझ्दै गाउँपालिकाका अध्यक्ष रानाले स्वास्थ्य मन्त्रालयमार्फत् स्वास्थ्य सामग्री पालिकामा ल्याउन सहयोग गरेकामा जिल्ला युवा समिति तनहुँलाई धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य संस्थामा उक्त सामग्री पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट पालिकाका नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पुगोस् भन्ने हेतुले मन्त्रालयसँग समन्वय गरि सामग्री ल्याइएको समितिकी अध्यक्ष ढकालले जानकारी दिनुभयो ।