लण्डनका नेपाली सेफ अर्जुनको आविष्कार केन्द्रलाई एकलाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लण्डनका नेपाली सेफ अर्जुनको आविष्कार केन्द्रलाई एकलाख सहयोग

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०७८, मंगलवार

    काठमाडौ : नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट बेलायतको लण्डनमा सञ्चालन गर्दे आउनुभएका तनहुँ बन्दीपुर गाउँपालिका —१ बेलभञ्ज्याङ निवासी अर्जुनबहादुर थापाले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ ।

    सो आविष्कार केन्द्रले कोभिड १९ विरुद्ध गर्ने स्वास्थ्य सामग्री उत्पादनसहितका काममा योगदान पुगोस भन्ने अभिप्रायले इन्टरनेशनल नेप्लीज सेफस सोसाइटीका अध्यक्ष समेत रहनुभएका अर्जुन बहादुर थापाले एक लाख रुपैया नगद सहयोग गर्नुभएको हो । होटेल म्यानेजमेण्ट एण्ड टे«निङ सेन्टर हालको नाथमबाट तालिम लिएर पछि त्यहि प्रशिक्षक समेत रहनुभएका थापाले नेपाल, दुवई, जापान र युकेमा नेपाली, भारतीय तथा अन्य विभिन्न खाना पकाउने काममा तीन दशकको अनुभव हासिल गर्नुभएको छ ।

    विगत डेढ दशकदेखि वेलायतमा रहेर विदेशी नेपाली माझ प्रतिष्ठित सेफसका रुपमा परिचित थापाले हाल नमस्ते गोर्खा रेष्टुरेण्ट लण्डनको फेल्थममा चलाउँदै आउनुभएको छ । हाल लण्डनकै प्रसिद्ध फ्रेन्च कुकीङ स्कूलमा कुलीनरी आटर्स एण्ड म्यानेजमेण्टमा स्नातक अध्ययनरत थापा व्रिटीस करी अवार्ड विजेता पनि हुनुहुन्छ । उहाँ बिजनेस एडमिनिस्टे«सनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक हुनुहुन्छ ।