व्यासको कोभिड कोषमा हेफरको रु चार लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    व्यासको कोभिड कोषमा हेफरको रु चार लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०७८, मंगलवार

    दमाैली : कोभिड–१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको व्यास नगरपालिकालाई रु चार लाख सहयोग गरेको छ । नगरपालिकाले खडा गरेको कोभिड कोषमा उक्त संस्थाले रु चार लाख सहयोग गरेको हो ।

    हेफर इन्टरनेशनल नेपाल, नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँ र आधारशीला सामाजिक महिला उद्यमी सहकारीको त्रिपक्षीय साझेदारीमार्फत् नगरपालिकालाई उक्त रकम सहयोग गरिएको हो । हेफरका कार्यक्रम अधिकृत सन्त भट्टराई, नेपाल एकीकृत ग्रामीण विकास केन्द्रकी अध्यक्ष मनुमाया श्रेष्ठ र सहकारीका प्रबन्धक नविन सुर्खालीले उक्त रकमको चेक मङ्गलबार नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।

    हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै हेफरको कार्यक्रम सञ्चालित पालिकामा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । नगरप्रमुख न्यौपानेले हेफरको सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त रकम कोभिड सङ्क्रमितको उपचारमा खर्च गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले हेफर जस्तै अन्य गैरसरकारी संस्थाबाट पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

    हेफर इन्टरनेशन र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा व्यासमा तीन वर्षदेखि पशु वस्तुको मूल्यश्रृङ्खलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना कार्यक्रम सञ्चालित छ । नेपाल एकीकृत ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले महामारीको रुपमा फैलिएको कोरोना न्यूनीकरणका लागि गैरसरकारी संस्थाको तर्फबाट सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।