दमौली अस्पतालमा ट्रमा सेन्टर बनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालमा ट्रमा सेन्टर बनाइने

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०७८, मंगलवार

    दमाैली : तनहुँको सदरमुकामस्थित दमौली अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् जिल्ला अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने जनाएको हो ।

    मङ्गलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले दमौली अस्पताल सहित नवलपुरको मध्यविन्दु अस्पताल, बागलुङको धौलागिरी अस्पताल र स्याङ्जाको भीरकोट नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको बताउनुभयो ।

    राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेको उपचारका लागि सहज व्यवस्था मिलाउन सरकारले अस्पतालमा ट्रमा सेन्टर बनाउन लागेको हो । गम्भीर घाइतेलाई उचित ढङ्गले ट्रमा सेन्टर पु¥याउन सके चोटपटकका बिरामीहरु पहिलाकै अवस्थामा फर्कने सक्छन् ।

    यसैगरी सरकारले जिल्ला अस्पताललाई २५ देखि ५० शय्यामा स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ । तनहुँमा दमौली अस्पताल र बन्दीपुर अस्पताल जिल्लास्तरीय अस्पताल हुन् । दमौली अस्पतालको स्तरोन्नतिका लागि पटक पटक प्रयास गरिएपनि विविध कारणले स्तरोन्नति हुन सकिरहेको छैन ।

    प्रदेश सरकारले तनहुँको घारीमा नेपाल सरकारसँगको सहकार्यमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणका लागि समेत बजेट विनियोजन गरेको छ ।