दुम्सीमा एम्बुलेन्स सेवा शुभारम्भ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दुम्सीमा एम्बुलेन्स सेवा शुभारम्भ

    खबरपुञ्ज संवाददाता

    १ असार २०७८, बुधबार

    दमौली : नेपाल रेडक्रस सोसाइटी दुम्सी उपशाखाले एम्बुलेन्स सेवाको शुभारम्भ गरेको छ । विभिन्न दाताबाट सङ्कलित रकमबाट खरिद गरिएको एम्बुलेन्स बुधबारदेखि शुभारम्भ गरिएको हो ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै मानवीय सेवामा रेडक्रसले पुर्याउँदै आएको बताउनुभयो ।

    यस भेगका जनतालाई सेवा दिने उद्धेश्य सहित रेडक्रसले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको उपशाखा सभापति रामदत्त पौडेलले बताउनुभयो । उहॉका अनुसार रु १३ लाखमा एम्बुलेन्स खरिद गरिएको छ ।

    “देश तथा विदेशबाट एम्बुलेन्स खरिदका लागि रकम सङ्कलन भएको छ,” उहॉले भन्नुभयो, “सर्वसाधारणलाई गुणस्तरीय सेवा दिन्छौ ।”

    बुधबार मात्रै नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले एम्बुलेन्सका लागि अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।