४० लाख डोज चिनियाँ खोप किन्ने सरकारको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ४० लाख डोज चिनियाँ खोप किन्ने सरकारको निर्णय

    खबरपुञ्ज संवाददाता

    २ असार २०७८, बिहीबार

    काठमाडौं : सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको हो ।

    नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो । त्यही कारण स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेन ।

    तर अरु कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार नै सरकार ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमत भएको छ । एक मन्त्री भन्छन्, ‘सोमबार क्याबिनेटमा छलफल भएको थियो । आज कोभिड–१९ निर्देशक समितिमा पनि हामीले सोधेका थियौं । प्रधानमन्त्रीले ४० लाख खरिद गर्ने र पहिलो लट जुन महिनाभित्र आउने जानकारी दिनुभएको छ ।’

    यद्यपि नेपालको विद्यामान कानूनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न अनुमति दिँदैन । कसरी सम्बोधन गर्ने सरकारले केही बताएको छ । अर्का एक मन्त्रीले मन्त्रिपरिषदको निर्णयबारे सरकारका प्रवक्ताले औपचारिक जानकारी दिने बताउनुभयो ।

    बुधबार बसेको कोभिड–१९ निर्देशक समितिमा प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण्नका लागि खोप अनिवार्य भएको भन्दै ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको बताउनुभयो । (अनलाइन खबरबाट)