चितवन : चितवन साैराहाको हाेटल जंगल सफारी लजले ‘पे नाउ, गो लेटर’ अफर ल्याएको छ। अफरमा ४ हजार रुपैयाँमा तीन रातका लागि हाेटलकाे काेठा पाइनेछ।
दुई बयष्क र एक बच्चा बस्न पाउने होटलका कोठा ६२ प्रतिशत छुट दिइएको छ। अफर बुक गर्नेले २०७८ चैत २८ सम्ममा काेठमा प्रयोग गरिसक्नुपर्ने हुन्छ।अफरमा बढिमा १ हजार पर्यटक सहभागी गराइने बताइएको छ। यो अफरमा आवद्ध पर्यटकले १५ दिनअघि नै होटलमा कोठा बुक गर्नुपर्ने छ। अफरमा नेपालस्थित विदेशी पनि सहभागी हुन पाउनेछन्।
कोभिड-१९ का कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न होटलले आकर्षक योजना ल्याएको संचालक सुमन घिमिरेले बताउनुभयाे ।