घिरिङ : घिरिङ गाउँपालिकाको कोभिड कोषमा हेफर इन्टरनेशनल नेपालले पॉच लाख सहयोग गरेको छ। हेफर, नेपाल एकीकृत ग्रामीण विकास केन्द्र, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी, घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारीको साझेदारी मार्फत् गाउँपालिकालाई पॉच लाख सहयोग गरिएको हो ।
भगवतीपुर सहकारीकी अध्यक्ष नानुमाया गैह्रे, घिरिङ सहकारीकी अध्यक्ष शारदा आले, नेपाल एकीकृत ग्रामीण विकास केन्द्रका सहकारी क्षमता अभिवृद्धि सहजकर्ता ऋषिकान्त दुवाडीले बिहीबार गाउँपालिकाका अध्यक्ष रनबहादुर राना र उपाध्यक्ष सरस्वती सिग्देललाई उक्त रकमको चेक प्रदान गर्नुभयो।
गाउँपालिकाका अध्यक्ष रानाले कोभिड नियन्त्रणमा हेफरले गरेको सहयोगको सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले उक्त रकम स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरिने बताउनुभयो ।
हेफरले कार्य क्षेत्र रहेको तनहुँका पालिकालाई कोभिड नियन्त्रणमा सघाईरहेको छ । यसअगाडी जिल्लाको भिमाद, शुक्लागण्डकी र व्यास नगरपालिकाको कोभिड कोषमा ४/४ लाख रुपैयाँ सहयोग गरिसकिएको छ ।
यस्तै लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकालाई पनि ४/४ लाख रुपैयाँ र मस्र्याङदी गाउँपालिकालाई २ लाख रुपैयाँ दिनेछ । हेफरकै समन्वयमा तनहुँको देवघाट गाउँपालिकाको कोभिड कोषमा पनि १५ लाख रुपैयाँ जम्मा भएको छ ।