क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल

    खबरपुञ्ज संवाददाता

    १९ असार २०७८, आईतवार

    काठमाडौ: नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रवक्ताको जिम्मेवारी प्रदीप पौडेललाई दिएको छ ।

    समिति सदस्य रहेका पौडेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको समिति सचिव केशव रिजालले जानकारी दिनुभयो । समितिको औपचारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको समितिले क्रियाशील सदस्यतामाथि छानबिन गरिरहेको छ । सात सदस्यीय समितिमा संयोजक लेखकसहित सदस्यहरु पौडेल, आनन्द ढुंगाना, श्याम घिमिरे, कल्याण गुरुङ, योगेन्द्र चौधरी र जीवन परियार रहनुभएको छ ।

    २० असारसम्म सदस्यता छानबिन टुंग्याउन समय पाएको समितिले आइतबारसम्म जम्मा ३० जिल्लाको काम सम्पन्न गरेको छ ।