तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–४ का ६० वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ती पुरुषको उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उहाँमा असार १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा तनहुँमा पाँच सङ्क्रमित थपिएका छन् । एक महिला र चार पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।