१८ वर्षपछि पक्राउ परे रामबहादुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    १८ वर्षपछि पक्राउ परे रामबहादुर

    खबरपुञ्ज संवाददाता

    १९ असार २०७८, आईतवार

    दमाैली : ठगी मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–११ रानीगाउँ बस्ने ४४ वर्षीय रामबहादुुर बलकोटी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    उच्च अदालत पाटनले विसं २०६० पुस ८ गते निजलाई दुई वर्ष दुई महिना कैद र रु एक लाख ७५ हजार एक सय १९ जरीवानाको फैसला गरेको थियो । उनी सोही दिनदेखि फरार रहेका थिए ।

    यसैगरी जालसाजी मुद्दामा फरार रहेकी व्यास नगरपालिका–५ ठूलोटार बस्ने ५८ वर्षीय अतिमाया कुमाललाई पक्राउ परेकी छन् । तनहुँ जिल्ला अदालतबाट विसं २०७२ पुस ३० गते एक हजार ६ सय ५० जरीवाना तोकिएकी कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनालाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।