पोखरा : बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटप्रति पोखरामा ग्राहकको आकर्षण बढेको छ । निशानका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रा.लि. उत्तमचोकले आइतबार एकै दिन निसान म्याग्नाइटको ग्राण्ड डेलिभरी कार्यक्रम सम्पन्न गरेको छ । केही दिनदेखि बुकिङ भएका १५ वटा निशान म्याग्नाइट एकैदिन ग्राहकलाई हस्तान्तरण गरिएको निर्देशक शिव बरालले जानकारी दिनुभयाे ।
बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक निशान म्यागनाइट गाडीमा ग्राहकको आकर्षण बढिरहेको बरालले बताउनुभयाे । ‘निकै राम्रा विशेषतासहितको यो गाडी शुलभ मूल्यमा बजारमा आएकाले पनि धेरेको रोजाईमा परेको छ,’ उहाँले भन्नुभयाे । पोखरा, लेखनाथसहित समग्र कास्की र वरपरका जिल्लाबाट पोखरामा निशान म्यागनाइट खरिद गर्न ग्राहकहरु आउने गरेको बरालले बताउनुभयाे ।
‘धेरै ग्राहकले टेष्ट ड्राइभ गर्न पनि आउनु भएको छ । उहाँहरुले यो गाडी मन पराउनु भएको छ,’ बरालले भन्नुभयाे, ‘पुराना गाडी एक्स्चेन्ज गरेर नयाँ निशान म्यागनाइट चढ्न चाहनेहरुको संख्या पनि राम्रो छ ।’ पुरानो गाडी एक्स्चेन्ज गर्न चाहेमा उचित मूल्य प्रदान गरी एक्स्चेन्ज सुविधा उपलब्ध रहेको बरालले बताउनुभयाे ।
निशान म्यागनाइटको शुरुवाती मूल्य ३० लाख रुपैयाँ रहेको छ । कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै ५० हजार रुपैयाँ छुटको व्यवस्था गरेको बराललले जानकारी दिनुभयाे । ‘मेक इन इण्डिया, मेड फर द वर्ड’ को दर्शनमा निर्मित नयाँ निशान म्यागनाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधाहरू छन् । यी सुविधाहरुका कारण उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।
समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निशानको मान्यता अनुसार नै यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको कम्पनीले जनाएको छ । म्यागनाइटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्येयका साथ निकै गहनताका साथ डिजाइन गरिएको बताइएको छ । पुष बटम स्टार्ट, प्रोजेटेड एलइडि हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमण्ड कट एल्लोे ह्विल लगायतका विशेषतामा निशान म्याग्नेटमा उपलब्ध छन् ।
इलाइट मोटर्स प्रा.लि.का प्रवन्ध निर्देशक गोपाल बरालले ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाइटले अटो बजारमा गेम चेन्जरको भुमिका निर्वाह गर्न सफल भएको बताउनुभयाे । पोखरामा निशानको शोरुम व्यवस्थित सर्भिस सेन्टरसहित स्थापना गरिएको छ । बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयाे ।