काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । मंगलबार नेपालको संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
देउवाको सपथग्रहण आज सॉझ ६ बजे हुने भएको छ । सपथग्रहणपछि सानो आकारको मन्त्रिमण्डल बनाउने देउवाले तयारी गर्नुभएको छ ।
सोमबार सर्वोच्च अदालतले गत जेठमा दोस्रो पटक गरिएको प्रतिनिधि सभा विघटन रद्द गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।