सरकारमा सहभागी हुने जसपाको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकारमा सहभागी हुने जसपाको निर्णय

    खबरपुञ्ज संवाददाता

    २८ असार २०७८, मंगलवार

    काठमाडौ: जनता समाजवादी पार्टी (जसपा)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

    आज बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा जाने निर्णय गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले बताउनुभयो । “हाम्रो कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ,” चेम्जोङले भन्नुभयो ।

    नेपाली कांग्रेस सपभाति देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । आज साँझ ६ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहणको कार्यक्रम रहेको छ।

    आज गठन हुने मन्त्रपरिषदमा भने जसपाले मन्त्री नपठाउने भएको छ। जसपाको आधिकारिकता सम्बन्धी मुद्दा निर्वाचन आयोगमा विचाराधिन छ। साउन पहिलो साता निर्वाचन आयोगले यसको टुंगो लगाउने भएको छ। त्यसपछि जसपाले सरकारमा मन्त्री पठाउने तयारी गरेको हो।